ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निर्वाचनमा मतदान गर्न गाउँ फर्केनहरूको उत्साह !

२०७९ बैशाख, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ ।

काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो ।

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ ।

काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ ।

विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन् ।

काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ ।

५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहीत देखिन्छन् । गाउँ फर्किनेहरुको संख्या बढीरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् ।

मंगलवार राती १२ बजेसम्म करीब ६० हजार मतदाता गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

बुधवार यो संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । शुक्रवार मतदान हुने भएकाले टाढा जाने मतदाताहरू बुधवार नै घर फर्किने छन् । काठमाडौं वरिपरिका जिल्लामा जाने मतदाता भने बिहीवारसम्म घर जाने तयारीमा छन् ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement