ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आकर्षक मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै फरवार्ड लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण

२०७९ बैशाख, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । साताको चौथो करोबार दिन बुधवार बजार खुलेको १० मिनेटको अवधिमा कारोबारमा आएका ११३ ओटा धितोपत्रमध्ये फरवार्ड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२ हजार ४४८ दशमलव ६० पुगेको हो ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले आकर्षक मुनाफा आर्जन गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७० करोड ९१ लाखभन्दा बढी नाफा कमाएको छ ।

यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९६ प्रतिशतले वृद्धि भएको हो । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएसँगै शेयरमूल्य बढेको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement