ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त मनमैजुबाट पक्राउ

२०७९ बैशाख, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका- २ बस्‍ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो ।


अभियृक्त खड्कीलाई उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते बैंकिङ कसूर मुद्दामा दोषी ठकर गर्दै ३ दिन कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अभियुक्तले प्रभु बैंक लिमिटेडमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी- जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । 


पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यरोले बताएको छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement