ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनएमबि बैंकको संस्थापक शेयर विक्रीमा

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८,काठमाडौं । एनएमबि बैंकले ५२ हजार ७२२ कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ ।

कम्पनीका तीन जना संस्थापक शेयरधनीको शेयर विक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सचिवको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ । शेयरको मूल्य भने कम्पनीले खुलाएको छैन ।

इच्छुक आवेदकहरूले के कति दरमा खरीद गर्न चाहेको हो सोसमेत खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

साथै कम्पनीले १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा संस्थापक शेयरधनीको आवेदन नपरेकाले बुधवारदेखि नै सर्वसाधारणको लागि विक्रीमा ल्याएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालय बबरमहलमा निवेदन दिन सक्नेछन् ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement