ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गत वर्षभन्दा यस वर्ष रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ८२ % बढ्यो

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमाससको तुलनामा चालू आवको सोही अवधिमा ८२ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. ६ करोड ५८ नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १२ करोड ४ लाख पुगेको छ ।

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको हो । कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ५३ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा रू. ११ करोड ७८ लाख आम्दानी गरेको उक्त कम्पनीको आम्दानी चालू आवमा बढेर रू.१८ करोड १३ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ  ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २१ करोड ३७ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको जीवन बीमा कोषमा रू. ३ अर्ब ६७ करोड  सञ्चित गरेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. २ अर्ब २४ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनमा १७ प्रतिशतले वृद्धि भएको हो ।

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ६५(वार्षिकरण), मूल्य आम्दानी अनुपात ६७ दशमलव ७२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ८९ रहेको छ ।  
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement