वैशाख २८, काठमाडौ । ऋण असुली न्यायाधिकरणले रोशन चिउरा मिलको सम्पूर्ण सम्पत्ति लिलामीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
न्यायाधिकरणले बुधवार सुचना जारी गर्दै सिनर्जी फाइनान्सबाट लिएको ७७ लाख ९५ हजार रुपैयाँ ऋण नतिरेपछि उद्योगको नाममा रहेको जग्गा टहरा, वाल र मेशिनरीहरू लिलाम बिक्रीको लागि आह्वान गरेको छ ।
उक्त रुपैयाँ असुली मुद्दामा न्यायाधिकरणको मिति २०७२।१।२५ को अदेश अनुसार वादी बैंकको नाउँमा कर्जा सुरक्षण बापत धितोमा रहेको उल्लेखित टहरा, वाल मेशिन तथा जग्गा/सम्पत्ती लिलाम गर्न लागिएको हो ।
जग्गाधनी रोशन चिउरा मिलको नाममा दर्ता कायम रहेको सुनसरीको रामधुनी नगरपालिका बडा नं. १ स्थित कि.नं. २६१ मा रहेको २ कठ्ठा १० धुर जग्गा जग्गा र सोमा रहेको टहरा, वाल तथा मेशिन लिलामि हुने भएको छ ।