ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ङादी ग्रुप पावरको सर्वाधिक रू. ६ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री

२०७९ बैशाख, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये ङादी ग्रुप पावर लिमिटेडको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ ।

उक्त अवधिसम्ममा कम्पनीको रू. ६ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६७८ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले १ः१ दशमलव ५ अनुपात हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट स्वीकृती पाएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ३३अंक बढेर २ हजार ३३२ दशमलव ३३ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ११ करोड बराबरको शेयर खरीदविक्री भएको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement