ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल इक्वीटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७९ बैशाख, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

लक्ष्मी उन्नति कोष,एनएमबी फिप्टी नबिल ब्यालेन्स फण्ड - २, नबिल इक्वीटी फण्ड र एनएमबि हाइब्रिड फण्ड एल - १ को धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये  सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको २ लाख ५१ हजार ५१० इकाई खरीद माग रहेको छ ।

त्यसैगरी  एनएमबि फिप्टीको २ लाख २२ हजार ९०० इकाई,नबिल ब्यालेन्स फण्ड - २ को २ लाख १३ हजार १६१ इकाई, नबिल इक्वीटी फण्डको १ लाख ७४ हजार १११ इकाई र एनएमबि हाइब्रिड फण्ड एल १ को १ लाख २९ हजार २०७ इकाई खरीद माग रहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३ दशमलव २१ अंक बढेर २ हजार ३४६ दशमलव २१ विन्दुमा पुगेको छ  ।

यसैगरी उक्त अवधिसम्ममा कुल रू.१ अर्ब ४१ करोड बराबरको शेयर खरीदविक्री भएको छ। 
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement