वैशाख २८, काठमाडौं । वाणिज्य बैंकहरूले जेठमा ब्याजदर नबढाउने भएका छन् ।
नेपाल बैकर्स संघसँगको सहमतिअनुसार वाणिज्य बैंकहरूले जेठ महीनामा ब्याजदर नबढाउने भएका हुन् । केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेठ महीनामा ब्याजदर बढ्ने बताएका थिए । तर, वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा बैंकर्स संघले ब्याजदर नबढाउने सहमति भएको हो ।
निर्वाचनको लागि खर्च बढेको र सरकारको विकास खर्चसमेत बढ्ने क्रममा रहेकोले जेठ महीनामा ब्याजदर नबढाउने निर्णय भएको छ ।
वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भद्र सहमति गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर नबढ्ने बताइएको छ ।