वैशाख २८, काठमाडौं । लुम्बिनी विकास बैंकले ११ प्रतिशत एल.बि.बि.एल डिबेञ्चर २०८९ नामक ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले १ हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउन १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरिरहेको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर भने ११ प्रतिशत रहेको छ ।
उक्त कार्यका लागि सम्झौतामा कम्पनीका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले बुधवार हस्ताक्षर गरेका हुन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन हुनेछ ।