ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एक महीनामा ३ अर्बले घट्यो विदेशी विनिमय सञ्चिति, साढे ६ महीनाको वस्तु आयात गर्न पुग्ने

२०७९ बैशाख, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ९ महीनाको अवधिमा विदेशी विनिमय सञ्चिति १६ दशमलव ५० प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनयता उक्त सञ्चिति २ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ घटेको हो । गत वर्षको असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आवको चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । 

यो सञ्चितिले ७.४ महीनाको वस्तु आयात र ६.६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।  

त्यस्तै गत फागुनसम्म ११ खर्ब ७१ अर्ब रुपैयाँ सञ्चिति थियो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा कडाइ गरेसँगै विदेशी विनिमय सञ्चितिमा दवाद कम भएको देखिन्छ । एक महीनाको अवधिमा उक्त सञ्चितिमा ३ अर्ब ८ करोड रुपैयाँ कमी आएको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement