वैशाख २८, काठमाडौ । आगामी जेठ १ गतेदेखि बैकं तथा वित्तीय संस्थाहरूमा पनि २ दिन बिदा हुने भएको छ ।
राष्ट बैकंले बुधवार एक सूचना प्रकाशित गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरूमा पनि शनिवार र आइतवार सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
राष्ट बैकंबाट ईजाजत प्रप्त क, ख, ग, घ वर्गका बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउस लगायत संस्थाहरु बन्द गर्न जानकारी दिएको छ ।
सैगरी, सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान ९;३० देखि अपरान्न ५;३० बजे सम्म हुनेछ । साथै कात्तिक १६ देखि माघ १५ गते सम्म बिहान ९;३० देखि अपरान्न ४;३० बजे सम्म हुनेछ ।
यस्तै यो वर्षको दसैं तिहारको सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि आवश्यकीय बैकिङ सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई, अत्यावश्यक सेवा, राजस्व कारोबार गर्ने शाखा/काउन्टर, क्लियरिङ काउन्टर र नेपाल क्लियरिङ हाउस खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
त्यसैगरि, सेवाग्राहीलाई एकैदिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सृजना हुन नदिने सुनिश्चतता गरि कार्य व्यवस्थापन गर्न पनि भनिएको छ ।