ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वीरगञ्जको नारायणी सेन्ट्रल अस्पतालमा आमा सुरक्षा कार्यक्रम शुरू

२०७९ बैशाख, २८  
स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, वीरगञ्ज । औद्योगिक तथा व्यापरिक घराना क्याल समूहले सञ्चालमा ल्याएको वीरगञ्जको नारायणी सेन्ट्रल अस्पतालले यही जेठ १ गतेदेखि आमा सुरक्षा कार्यक्रम शुरू गर्ने भएको छ । 

सो अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षाको लागि आम सुरक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको हो ।  
सरकारले सो अस्पताललाई आमा सुरक्षाको कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कार्यक्रम सञ्चालन हुन लागेको अस्पतालका मेडिकल डाइरेक्टर प्राडा प्रमोदकुमार सर्राफले बताए ।

गर्भावस्थामा स्वास्थ्य परीक्षणको अभावमा आमा र शिशुको स्वास्थ्यमा हुन सक्ने जटिलता कम गर्दै सुरक्षित मातृत्व निश्चित गर्न यो कार्यक्रम सञ्चालन गरिएको प्राडा सर्राफले जानकारी दिए । 

यो कार्यक्रमअन्तर्गत गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा ४ पटक आफ्नो स्वास्थ्य परीक्षण गराई सुरक्षित प्रसुति सेवा लिन सक्ने अस्पतालले बताएको छ । आमा र शिशुको स्वास्थ्यको उचित हेरचाह गर्दै सुरक्षित मातृत्व ग्यारेन्टी गर्न यो कार्यक्रमको निर्देशिकाअनुसारका सेवाहरू निःशुल्क हुने र यसबाट गर्भवती महिला, सुत्केरी र शिशुको स्वास्थ्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण भई आमा र बच्चाको असल स्वास्थ्यको ग्यारेन्टी हुने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बिस २०७४ कात्तिकदेखि सञ्चालमा आएको अस्पतालले वरिष्ठ विशेषज्ञहरूसहित दक्ष चिकित्सक, नर्सिङ्ग स्टाफ र पारामेडिक्सहरूले सेवा दिइरहको सर्राफले बताए । अस्पतालमा अत्याधुनिक प्रयोगशाला र मोडुलर अप्रेशन थिएटर रहेको अस्पतालले बताएको छ ।

आधुनिक प्रविधबाट शल्यक्रिया, वीरगञ्जमै पहिलो अत्याधुनिक प्रविधियुक्त इन्डोस्कोपी सेवा उपलब्ध भएको सर्राफले बताए । छारे रोगको उपचारको लागि ईईजी सेवा प्रदान गर्दै आएको पनि उनले बताए । अहिले कोरोनाविरुद्धको खोपका साथै नियमित खोप कार्यक्रममा पनि सञ्चालन भइरहेको अस्पतालले जनाएको छ । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement