वैशाख २८, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वैशाख ३० गते शुक्रवारका दिन हुन गईरहेको स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक कर्मचारीहरूलाई पनि सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग गर्न सम्वद्ध पक्ष सवैलाई आह्वान गरेको छ ।