ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ह्यात प्लेस काठमाडौं र क्यासिनो मरिना बीच क्यासिनो भाडासम्बन्धी सम्झौता

२०७९ बैशाख, २८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । गोल्यान ग्रूपको कम्पनी सिटी होटल लिमिटेड र र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि बीच काठमाडौंको सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा भाडा क्यासिनो सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौतामा गोल्यान समूहका प्रवन्ध निर्देशक अक्षय गोल्यान र र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिका अध्यक्ष रवी विजेरत्नेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, सिटी होटल लिमिटेडका अध्यक्ष शक्ति गोल्यान र र्‍याङ्क  इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिका सीईओ आसांगा वारसाभिथार्नाको समेत उपस्थिति रहेको थियो । 

ह्यात प्लेस होटल काठमाडौंको ताहचलमा रहेको अन्तरराष्ट्रिय स्तरको होटल हो । १४ तले होटलमा १५३ ओटा कोठा रहेका छन् । होटलमा हरेक कोठामा सुत्ने, काम गर्ने खेल्ने ठाउँ छुट्टा - छुट्टै ठाउँ छ । केही कोठामा कुनामा सोफा स्लिपर पनि छ ।

होटलमा खानपिन गर्ने ठाउँका विविध विकल्प उपलब्ध छन् । चारैतिर निःशुकल्क वाईफाई छ भने फिटनेस सेन्टर र कार्यक्रम स्थल पनि छ । र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि श्रीलंकाको सबैभन्दा ठूलो इन्टरनेटमेन्ट कंगलोमेरट हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement