ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चालू आवको ९ महीनामा ७ खर्ब २४ अर्ब भित्रियो विप्रेषण        

२०७९ बैशाख, २८  
समाचार
Image Not Found

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा विप्रेषण आप्रवाह शून्य दशमलव ६ प्रतिशतले कमी आएको छ ।     
     
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव २ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव १ प्रतिशतले बढेको थियो ।     
     
 समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या  उल्लेख्यरुपमा वृद्धि भई २ लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४ दशमलव ९ प्रतिशतले घटेको थियो ।     
     
 त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९ दशमलव ९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६० दशमलव ७ प्रतिशतले घटेको थियो ।     
     
 समीक्षा अवधिमा खुद ट्रान्सफर शून्य दशमलव ७ प्रतिशतले कमी आई ८ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४ दशमलव ४ प्रतिशतले बढेको थियो ।रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement