ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१५ हजारले बुझाएनन् सम्पत्ति विवरण

२०७९ बैशाख, २९  
विविध
NA

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ४०९ जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो वर्ष सम्पत्ति विवरण बुझाउनेको संख्या बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आर्थिक वर्ष २०७७/७८ मा ६ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन् । केन्द्रका अनुसार संघीयतर्फ ९ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका ५ हजार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएका हुन् । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement