ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चैत मसान्तसम्ममा २३२ उद्योग दर्ता

२०७९ बैशाख, २९  
समाचार
NA

काठमाडौं । चालू आवको चैत मसान्तसम्ममा २३२ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त संख्या बढी हो । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका उद्योग विभागको तथ्यांक छ ।

हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ । आव २०७८/७९ को ९ महीनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका महानिर्देशक रामचन्द्र तिवारीले हालसम्म १ हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएको जानकारी दिए ।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रू. १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, रू. १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र रू. ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा २३२ उद्योगमा रू. २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएको छ । गत आवमा प्रस्तावित लगानी रू. १ खर्ब ३९ अर्ब थियो । हालसम्म रू. २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएको विभागले जानकारी दिएको छ । चैत मसान्तसम्ममा २३ ओटा डिजाइन, २ हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले बताएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement