ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मोरङमा निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना

२०७९ बैशाख, २९  
प्रदेश ०१
NA

विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । निर्वाचन लक्षित सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएकोसमेत उनले बताए । निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सुरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनओटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी गरी १३ हजार ६७ जना जनशक्ति परिचालन भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ, जसमा नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी तीन हजार १२४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन् । निर्वाचन सुरक्षामा नेपाली सेनाका टोली पनि परिचालित भएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement