ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मतदान केन्द्रमा काम शुरू

२०७९ बैशाख, २९  
गण्डकी प्रदेश
NA

कास्की । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका सबै मतदान केन्द्रमा निर्वाचनको काम शुरू भएको छ । सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको र निर्वाचन प्रक्रियाका तयारीका काम शुरू भइसकेको प्रदेश निर्वाचन कार्यालय पोखरा सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीसँगै अधिकांश केन्द्रमा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सर्वदलीय बैठक सम्पन्न भएको उनले बताए । कास्कीमा पोखरा महानगरपालिकासहित चारओटा गाउँपालिका मादी, अन्नपूर्ण, माछापुच्छ«े र रूपा छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement