ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल बैंक र गेटवे पेमेन्टबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

२०७९ बैशाख, २९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नबिल बैंकले नेपालमा मोबाइल फोनमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई)को स्वीकृतिका लागि गेटवे पेमेन्ट सर्भिस कम्पनीसँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी गेटवे पेमेन्टसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको हो ।

यूपीआई अन्तरबैंक र सीमापार लेनदेनको सुविधाका लागि भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित भुक्तानी प्रणाली हो । सम्झौताले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीका लागि सीमा वारपार गर्ने नेपाली र भारतीय दुवै देशका व्यापारी व्यवसायीलाई कारोबार गर्न सजिलो हुने बताइएको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई भारतका व्यापारिक स्टोरहरूमा सुरक्षित र निर्बाध रूपमा भुक्तानी गर्न सजिलो हुने बैंकको भनाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement