ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

७९ हजार ८७३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्दै नेशनल माइक्रोफाइनान्स

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज (बिहीवार) देखि लिलामीमा विक्री खुला  गर्ने भएको छ ।

कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र असार २ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement