ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

रिडी  हाइड्रोपावर र रैराङ  हाइड्रोपावरले विद्युत् नियमन आयोगबाट मर्जरका लागि पाए सहमति 

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । विद्युत् नियमन आयोगले दुई ओटा जलविद्युत् कम्पनीलाई एकापसमा मर्जरका लागि सहमति प्रदान गरेको छ ।

आयोगले  रिडी  हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ  हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई एकापसमा गाभिन सहमति दिएको हो । ती कम्पनीहरु गाभिएपछि  बन्ने कम्पनीको चुक्तापूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ  पुग्ने छ । 

दुवै कम्पनीका प्रतिनिधिले गत कात्तिक १७ गते एकापसमा गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर प्रक्रिया शुरु भएसँगै ती दुवै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement