ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रि- ओपन सेसनमा ४.३१ अंकले बढ्यो नेप्से

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक ४ दशमलव ३१ अंकले बढेको छ ।

प्रि - ओपन सेसनमा नेप्से २ हजार ३७३ दशमलव ३७ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ३५ ओटा कम्पनीको रू. ३४ लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री राधी विद्युत् कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ६ लाख ९३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

साताको चौथो कारोबार दिन बुधवार भने नेप्से परिसूचक ५६ दशमलव शून्य ६ अंक बढेर २ हजार ३६९ दशमलव शून्य ६ विन्दुमा भएको थियो । उक्त कारोबार  दिन कुल रू. २ अर्ब १६ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement