ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

९ महीनामा युनिलिभर नेपालले कमायो रू.२२ करोडभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख  २९, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २२ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ३१ प्रतिशत घटेको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३२ करोड १६ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीको विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ४ दशमलव ९३ प्रतिशतले घटेको छ । गत आवमा रू.१ अर्ब ७३ करोड आम्दानी गरेको उक्त कम्पनीको आम्दानी चालू आवमा घटेर रू. १ अर्ब ६४ करोडमा झरेको हो ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.३४९ रहेकोमा चालू आवमा रू.२३९ मा झरेको हो । कम्पनीको चुक्तापूँजी रू.९ करोड २१ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू.२ अर्ब ८३ करोड सञ्चित गरेको छ ।

जगेडा कोष गत आवको तुलनामा चालू आवमा २० प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा जगेडामा रू.२ अर्ब ३६ करोड सञ्चित गरेको थियो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement