ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गत वर्षभन्दा यस वर्ष सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ५० % बढ्यो

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ५० दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ९ करोड ५५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १४ करोड ३६ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १३ करोड ६ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू.१९ करोड १ लाख पुगेको हो ।

चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको उक्त कम्पनीले जगेडामा रू. ४४ करोड ३४ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको चालू आवको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कोषमा रू.३ अर्ब ३६ करोडभन्दा बढी जम्मा भएको छ ।

जीवन बीमा कोष गत आवको तुलनामा चालू आवमा ५४ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीको जीवन बीमा कोषमा रू.२ अर्ब १८ करोड थियो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement