ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

९ महीनामा नेको इन्सुरेन्सद्वारा रू.२ अर्ब २४ करोडभन्दा बढी बीमाशुल्क आर्जन

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ९ महीना अर्थात् तेस्रो त्रैमाससम्ममा कुल रू. २ अर्ब २४ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू.१ अर्ब ९७ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यसैगरी कम्पनीको नाफा भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा २ दशलमव ३५ प्रतिशतले घटेको छ । गत आवमा रू. ३५ करोड ९ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा रू.३४ करोड २६ लाखमा सीमित भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५२ करोड रहेको छ । त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ६२ करोड २२ लाख सञ्चित गरेको छ ।

त्यसैगरी सो अवधिमा कम्पनीको बीमा कोषमा रू.१ अर्ब २७ करोड जम्मा भएको छ । बीमा कोष गत आवको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो ।

गत आवमा कम्पनीको बीमा कोषमा रू. १ अर्ब ७१ लाख थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.३० दशमलव शून्य २(वार्षिक), मूल्य आम्दानी अनुपात रू. २९ दशमलव ७८ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव शून्य ५ रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement