ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गत वर्षभन्दा यस वर्ष ओरियण्टल होटल्सको नोक्सानी घट्यो

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासमा भन्दा चालू आवको सोही अवधिमा घटेको हो ।

 गत आवमा रू. २१ करोड १८ लाख नोक्सानीमा रहेको उक्त कम्पनीले चालू आवमा रू. १० करोड ५२ लाखमा झरेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नोक्सानी घटेको हो ।

गत आवको तुलनमा कम्पनीको खुद आम्दानी ३७८ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन आम्दानी ४०५ प्रतिशतले वृद्धि भएको छ । सञ्चालन आम्दानी गत आवमा रू. ५ करोड ५९ लाख रहेकोमा चालू आवमा वृद्धि भएर रू. २८ करोड ३० लाख पुगेको हो । कम्पनीको कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ ।

त्यसैगरी कम्पनीले जगेडामा रू. ७९ करोड ७ लाख सञ्चित गरेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी रू. ९ दशमलव ३३ ऋणात्मक  रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७० दशमलव १० रहेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement