वैशाख २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको डेढ घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा धितोपत्रमध्ये सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २३६ दशमलव १० मा झरेको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो ।
वोमी लघुवित्त र सूर्योदय लघुवित्त बीच एकापसमा मर्जरमा गएपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट गत मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शेयर सूचीकृत भएको हो । नेप्सेले यी दुई कम्पनी मर्जरपछिको कारोबारको लागि मूल्य रेञ्ज रू.१ हजार ३७३ दशमलव ४० तोकेको थियो ।