वैशाख २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१७ धितोपत्रमध्ये शिवम् सिमेण्टको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ ।
सो अवधिसम्ममा कम्पनीको रू.६ करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९२४ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव २१ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ७ दशमलव ९१ अंक बढेर २ हजार ३७६ दशमलव ९७ विन्दुमा पुगेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. १ अर्ब १४ करोड बराबरको शेयर खरीदविक्री भएको छ।