ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बोटलर्स नेपालद्वारा सञ्चालित दुवै कम्पनीको नाफा बढ्यो 

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्म बोटलर्स नेपालद्वारा सञ्चालित दुवै कम्पनीको नाफा वृद्धि भएको छ ।

कम्पनीले उत्पादन गरेका वस्तु विक्री आम्दनी बढेसँगै नाफामा वृद्धि भएको हो । चालू आवको चैत मसान्तसम्म बोटलर्स  नेपाल (तराई) को खुुद नाफा ३६ दशमलव १८ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले बिहीवार सार्वजनिक गरेको तेस्रो चैमासिक वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तसम्म कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको सोही अवधिमा कम्पनीको नाफा ५० करोड ५८ लाख रुपैयाँ कायम भएको छ ।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी २५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले चालू आवको सोही अवधिमा बढाएर ५ अर्ब ६६ करोड रुपैयाँ कायम गरेको छ । 

यो कम्पनीको जगेडा कोषमा भएको रकम पनि बढेको छ । गत वर्ष जगेडा कोषमा २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा उक्त रकम २६ प्रतशितले वृद्धि भएर ३ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्तापूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । 

चालू आवको चैत मसान्तसम्म प्रतिशेयर आम्दानी ४१८ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २ हजार ६५२ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म मूल्य आम्दानी अनुपात ३३ गुणा रहेको छ । 

त्यसैगरी बोटल्स् नेपालद्वारा सञ्चालित अर्काे कम्पनी बोटल्स नेपाल (बालाजु)को पनि खुद नाफा ६३ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले गत आवको चैत मसान्तसम्म २९ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा सो नाफा वृद्धि भएर ४८ करोड १३ लाख कायम भएको छ । कम्पनीको सञ्चालन आम्दानी २७ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष ६अर्ब १९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको यो कम्पनीले चालू आवमा ७ अर्ब ९२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । त्यसैगरी यो कम्पनीले गत वर्षको तुलनामा जगेडा कोष रकम पनि वृद्धि गरेको छ । गत वर्ष जगेडा कोष रहेकोमा ३ अर्ब ६८ करोड रुपैयाँ चालू आवमा उक्त कोष १९ प्रतिशतले वृद्धि भएर ४ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीको चुक्तापूँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको चैत मसान्तसम्म प्रतिशेयर आम्दानी २२३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २ हजार ४७६ रुपैयाँ कायम छ । उक्त अवधिसम्म मूल्य आम्दानी अनुपात ९ गुणा रहेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement