ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यस वर्ष एशियन लाइफ इन्स्योरेन्सद्वारा रू. ५ अर्ब २१ करोडभन्दा बढी बीमाशुल्क आर्जन

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ५ अर्ब २१ करोड बीमाशुल्क आर्जन गरेको हो । यो बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा १२ प्रतिशत वृद्धि भएको हो । 

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ४ अर्ब ६३ करोड बीमाशुल्क आर्जन गरेको थियो ।कम्पनीले हालसम्ममा भने कुल रू. ३४ अर्ब ७५ करोड बीमाशुल्क आर्जन गरेको हो । 

गत आवमा कम्पनीले रू. १८ करोड २१ लाख  नाफा कमाएकोमा चालू आवमा वृद्धि भएर रू. १८ करोड ४० लाख पुगेको हो । कम्पनीको आम्दानी भने गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ३१ करोड १५ लाख आम्दानी रहेकोमा चालू आवमा घटेर रू. २७ करोड ८८ लाखमा झरेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५३ करोड रहेको छ भने जगेडामा रू.४२ करोड ८२ लाख सञ्चित गरेको हो । कम्पनीको जीवन बीमा कोषमा रू. ३० अर्ब ९८ करोड जम्मा भएको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६६( वार्षिक),मूल्य आम्दानी अनुपात २ दशमलव २ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ५७ रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement