काठमाडौं (अस) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउमा हालैका दिनमा देखिएको सेल–अफ (भाउ थप घट्छ कि भन्ने पिरमा सस्तोमै भएपनि मिल्काउने प्रवृत्ति)ले बिहीबार पनि निरन्तरता पाएको छ ।
बिहीबार दिउँसो प्रतिगोटा बिट्क्वाइनको भाउ ८ दशमलव ७६ प्रतिशतको कमी सहित २६ हजार ८४८ डलर २० पैसामा आएको क्वाइन मेट्रिक्सको तथ्यांकले देखाएको छ । सोही समयमा इथरको भाउ पनि १३ प्रतिशतले घटेर प्रतिगोटा १ हजार ८३२ डलर ३३ सेन्टमा झरेको थियो ।
अमेरिकी श्रम तथ्यांक विभागले अप्रिलमा उपभोक्ता मूल्य बढेर ८ दशमलव ३ प्रतिशतमा उक्लिएको तथ्यांक सार्वजनिक गरेपछि क्रिप्टोकरेन्सीको भाउ थप ओरालो लागेको हो । योसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रुपमा ब्याजदर बढाउने सम्भावना बलियो भएपछि क्रिप्टोसमेत जोखिमयुक्त सम्पत्तिमा रहेका लगानीबाट लगानीकर्ताहरु धमाधम बाहिरिन थालेपछि बजार ओरालो लागेको हो ।
पछिल्लो समय एसएन्डपी ५००, नष्डाक कम्पोजिट र क्रिप्टोकरेन्सीको प्रदर्शन सह–सम्बन्धित जस्तै देखिएको छ । केही समयका लागि क्रिप्टो बजार दबाबमा रहेका एसेन्डएक्सका भेञ्चर एशोसियट माइकल रिन्को भन्छन् । फेडले ब्याजदर बढाउँदै गर्दा शेयर पनि ओरालो लागिरहेको र साथै क्रिप्टो पनि घटिरहेको उनले बताए । यसले बजारमा निकै धेरै भय सृजना भएको पनि उनले बताए ।
बिट्क्वाइनको भाउ २९ हजार भन्दा मुनि झरेको यो हप्तामा यो दोस्रो पटक हो । बिट्क्वाइनको लागि ३० हजार महत्वपूर्ण टेवा स्तर थियो । यसमा अडिन नसकेपछि यो झनै तल ओर्लिन सक्ने विश्लेषकहरु बताउँछन् । एजेन्सीको सहयोगमा