ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१० रुपैयाँ नाफा पनि बुक गरिहाल्ने प्रवृत्तिले चुनाव अघि रातो भयो शेयर बजार, अब ४ दिनपछि खुल्ने

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १८ दशलम ६४ अंकले घटेको छ । नेप्से १८ अंकले घटेसँगै परिसूचक २ हजार ३५० दशमलव ४२ विन्दुमा पुगेको छ । 

लगातार ४ दिन बजार बढ्दा किनेको मूल्यमा ८/१० रुपैयाँसम्म नाफा भएको थियो । ट्रेडरहरू हावी भएको बजारमा १० रुपैयाँ मात्रै नाफा हुँदा पनि बुक गर्ने प्रवृत्तिले बजार घटेको एक लगानीकर्ताले बताए ।

यस अवधिमा कारोबारमा आएका २२८ ओटा धितोपत्रको ५२ लाख २७ हजार ३५९ कित्ता शेयरको ४० हजार २३ पटकमा रू. २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७२ बराबरको शेयर खरीदविक्री भएको हो । 

लगातार चार दिन बढेको बजारमा बिहीवार लगानीकर्ताले प्रोफिट बुक गरेसँगै नेप्से परिसूक घटेको हो । पछिल्लो समय लगानीकर्ताहरुले थोरै प्रोफिट हुने वित्तिकै प्रोफिट बु्क गर्न थालेका छन् ।

पछिल्लो २ महीनाको अवधिमा बजार केही माथी जाने वित्तिकै प्रोफिट बुक गर्ने प्रवृत्ती बढेको छ । सोही कारण पनि बजार केही बढ्ने वित्तिकै सामान्य करेक्सन आएको पाइन्छ । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुनलामा बढेको छ । बुधवार रू. २ अर्ब १६ करोड बराबरको शेयर किनबेच भएको थियो । 

कारोबारका आएका २२८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ४४८ दशमलव ६० पुगेको हो । 

त्यसैगरी दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ६ दशमलव २० प्रतिशत वृद्धि भएर रू. ५१४ पुगेको छ । बिहीवार सबैभन्दा बढी सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २३६ दशमलव १० मा झरेको हो । त्यसैगरी दोस्रोमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७ दशमलव ६३ प्रतिशत घटेर रू. ५६९ कायम भएको छ । 

बिहीवार सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेण्टको भएको हो । कम्पनीको रू. ११ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१५ कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा राधी विद्युत कम्पनीको रू. ८ करोड १० लाख बराबरको शेयर खरीद विक्री भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये  उत्पादन  तथा प्रशोधन समूहको १ दशमलव ४६ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ४१ प्रतिशत वृद्धि भएको हो भने बाँकी सबै समूहगत परिसूचक घटेको छ । 

समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशत, विकास बैंक समूहको २ दशमलव १४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव १५ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ९५ प्रतिशत, लगानी समूहको १ दशमलव ७६ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव १२ प्रतिशत, लघुवित्त समूहको १ दशमव ५३ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव १६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ८० प्रतिशत र व्यापार समूहको परिसूचक १ दशमलव ४१ प्रतिशतका दरले घटेको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement