ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राष्ट्रिय बीमा कम्पनीको नाफा २६% बढ्यो

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा २६ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. २७ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३४ करोड २६ लाख पुगेको हो । 

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै खु्द नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी १७ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले गत आवमा रू. ४५ करोड ९० लाख आम्दानी भएकोमा चालू आवमा बढेर रू. ५४ करोड ४ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६६ लाख रहेको छ भने जगेडामा रू. ३ अर्ब ३१ करोड सञ्चित गरेको छ । 

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. २ अर्ब ६० करोड जम्मा भएको छ । सो अवधिमा कम्पनीले कुल रू. १ अर्ब ३८ करोड ६६ लाख बीमाशुल्क आर्जन गरेको हो । प्रतिशेयर आम्दानी रू. १७१ दशमलव ३६, मूल्य आम्दानी अनुपात १३३ दशमलव शून्य ५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १ हजार ३४५ दशमलव शून्य ८ रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement