ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रभु लाइफको जीवन बीमा कोष ५३ प्रतिशत बढ्यो 

२०७९ बैशाख, २९  
समाचार लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा कोष रकम ५३ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरको चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैसासिक वित्तीय विवरण अनुसार जीवन बीमा कोष रकम वृद्धि भएको हो । कम्पनीले चालू आवको चैत मसान्तसम्म जीवन बीमा कोषमा २ अर्ब ७१ करोड जम्मा गरेको हो । गत वर्ष यो कोषमा १ अर्ब ७६ करोड रुपैयाँ थियो ।  

कम्पनीले गत वर्षको चैत मसान्तसम्म १ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले चालू आवमा कुल बीमाशुल्क आर्जन ३४ प्रतिशत वृद्धि गरी १ अर्ब ५१ करोड रुपैयाँ कायम गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा जगेडा कोषको रकम पनि २४ प्रतिशत वृद्धि गरेको छ । गत वर्ष जगेडामा ३६ करोड ६० लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । 

गत वर्षको तुलनामा कम्पनीको नाफा २६ प्रतिशत घटेको छ । गत वर्ष १३ करोड ७८ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा १० करोड १३ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको आम्दानी घटेसँगै नाफामा कमी आएको हो । यो अवधिमा कम्पनीको आम्दानी २४ प्रतिशतले घटेको छ । कम्पनीले चैत मसान्तसम्म १३ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको चुक्तापूँजी २ अर्ब रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यस्तै मूल्य आम्दानी अनुपात उक्त अवधिमा ८२ दशमलव ३० गुणा छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement