ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.८% पुग्यो, सक्रिय संक्रमित १७३ जना

२०७९ बैशाख, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ४६३ पीसीआर परीक्षणमा ४ जना र ३५४ एन्टिजेन परीक्षणमा शून्य गरी कुल ४ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ । 

यसैगरी, बिहीवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ८५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement