ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यी हुन् कतारमा काम गरेर पैसा नलिएका नेपाली, पैसा बुझ्न कतार सरकारको आग्रह

२०७९ बैशाख, २९  
समाचार
Image Not Found
सांकेतिक तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं (अस) । काम गरेर रकम नलिएका नेपालीलाई पैसा लिन कतार सरकारले आग्रह गरेको छ ।

काम गरेबापतको बाँकी रकम लिन कतार सरकारले आग्रह गरेको हो । कतारस्थित मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेकालाई सम्पर्कमा आएर रकम बुझ्न कतार सरकारले आग्रह गरेको हो । रकम बुझ्नको लागि आफ्नो नाम, ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउन कतारको आग्रह छ ।

कतार सकारले नेपाल सरकार वैदेशिक रोजगार विभाग तथा कतारी राजदुतावासमा सिधै सम्पर्क गरेर रकम बुझ्न अनुरोध गरेको छ । कतारी आइडी नखुलेकालाई पनि सम्पर्कमा आएर रकम लैजान कतारको आग्रह छ ।

गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका दिपेन्द्र सार्की र कतारी आइडी नखुलेका ध्रुव सिर्पालीलाई पनि सम्पर्कमा आएर रकम लैजान कतारको अनुरोध गरिएको छ । कतार सरकारको विवरण अनुसार गत वर्षसम्म २३ जना नेपालीले रकम बुझेका छैनन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement