ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दोस्रो दिनसम्म ६ लाख २१ हजारले भरे रिभर फल्स पावरको आईपीओ

२०७९ बैशाख, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावरको आईपीओ खरीदका लागि ६ लाख २१ हजार ८४४ जनाको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार दोस्रो दिन अर्थात् बिहीवार साँझ ५ बजेर ९ मिनेटसम्म यी आवेदकहरुबाट रू. ७३ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको ७३ लाख ३१ हजार ४०० कित्ताको शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव ८८ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । 

पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटोमा जेठ ४ गतेसम्म मात्र विक्रीमा रहनेछ । आवेदकले उक्त आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  

यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी माइनस दुई रुपैयाँ ३६ पैसा छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement