ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  

२०७९ बैशाख, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको  छ । 

प्रहरीले बिहीवार काठमाडौं महानगरपालिका- ३२ नयाँबानेश्वर बस्दै आएका मकवानपुर हेटौंडा उपमहानगरपालिका- ७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले २ थान बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १७ लाख  ४२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई  केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

निज अभियुक्तले स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेड नयाँबानेश्वर शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी- जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त कैद फैसला गरेको थियो । 

अभियुक्तलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले बताएको छ । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement