ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महिला नेतृत्वको व्यवसायको उत्थानशील विकास परियोजना सम्पन्न 

२०७९ बैशाख, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । घरेलु सामाग्री उत्पादक महिलाहरु समेत रहेको महिला नेतृत्वको व्यवसाय तथा उपभोक्ता उत्थानशील विकास परियोजना सम्पन्न भएको छ ।

ठूलो डट कम र व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (इमर्ज) ले मिलेर महिला उद्यमीहरुको सशक्तिकरण पहल गर्न उद्यमी उत्धान अभियान अन्तर्गत सो परियोजना शुरु गरेका थिए ।

यस परियोजनालाई अमेरिकी सहयोग नियोग (यूएसएड)को तयार नेपाल, सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले टेवा दिएको थियो ।  परियोजनाबाट प्राप्त नतिजाहरुबारे जानकारी दिन र यो सम्पन्न भएको घोषणा गर्न सन् २०२२ को मे ११ मा भर्चुअल र प्रत्यक्ष रुपमा दुबै माध्यमबाट वर्कशपको आयोजना गरिएको थियो ।

कार्यक्रममा इमर्जकी सीईओ डा. मोना श्रेष्ठ अधिकारीले सहभागीहरुको स्वागत गरेकी थिइन् । यस क्रममा परियोजनाले उत्थानशील व्यवसाय निर्माण गर्न तालिम उपलब्ध गराएको, हितकारीहरुलाई ठूलो डट कमबाट ई–कमर्श मञ्चहरुमा आबद्ध गराएको र वित्तमा पहुँच र व्यवसायको निरन्तरता एवम् विस्तारको लागि आवश्यक जोखिम रकमको जोहो गरेको लगायत जानकारी पनि उनले दिएकी थिइन् ।

परियोजनाले व्यवसाय र उपभोक्ताहरुलाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे निर्धारित वेबपेज र मोबाइल एपबाट सचेतना पनि जगाएको थियो । आफूले दिएको अनुदान कार्यान्वयनका लागि ठूलो डट कम र इमर्जसँगको सहकार्य अद्भूत रहेको यूएसएड–तयार नेपालको चीफ अफ पार्टी त्यामी ह्यारिसले बताइन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement