ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भरतपुरको मतगणना अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा

२०७९ बैशाख, ३०  
वाग्मती प्रदेश
NA

चितवन । आज (शुक्रवार) हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो । सो ब्लकमा सीसीटीभी जडानको काम सकिएको छ भने तार जाली समेत लगाइएको छ । ‘आयोगले ५ गतेसम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौं,’ उनले भने । तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुन सक्ने कार्यालयले अनुमान गरेको छ ।

२०७४ सालको मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस् भनेर सबै खालको तयारी गरिएको पौडेलले बताए । भरतपुर महानगरमा २९ वडा छन्, जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरका लागि ६५ मतदान स्थल र २०२ मतदान केन्द्र छ । विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement