ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पर्सामा सुरक्षा व्यवस्था कडा

२०७९ बैशाख, ३०  
मधेश प्रदेश
NA

वीरगञ्ज । आज (शुक्रवार) हुने स्थानीय तहको निर्वाचनका लागि पर्सामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेनाको टोली पचिालन गरिएको जानकारी दिए । जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसहित दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरीतर्फ ८०० जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले जानकारी दिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का युनिटसँग पनि समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए ।

निर्वाचनमा खटिएका सबै कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदान केन्द्रमा पुगिसकेका छन् । मतपत्र, मत पेटिकासहितको विभिन्न प्रकारका आवश्यक सामग्रीसहित खटिएका कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो खटिएको क्षेत्रमा पुगेका हुन् ।

पर्सामा रहेका कुल १४ पालिकाको विभिन्न पदका जनप्रतिनिधिको निर्वाचनमा लागि कुल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement