ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नारायणी डेभलपमेन्ट बैंकको ९ हजार ८४६ कित्ता संस्थापक शेयर विक्रीमा 

२०७९ बैशाख, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ९ हजार ८४६ कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा ल्याएको छ । 

कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकहरुले मात्र खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement