ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लाभांश प्रस्ताव बिना नै यूनाइटेड इन्स्योरेन्सले बोलायो साधारण सभा, मर्जर तथा प्राप्तिको योजना

२०७९ बैशाख, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले जेठ २३ गते २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीले अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षकोको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । पूँजी वृद्धिका लागि बीमा समितिले जोड दिइरहँदा कम्पनीले मर्जर तथा प्राप्ति प्रकृयाबाट पूँजी वृद्धि गर्ने योजना बनाएको देखिन्छ । 

कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू. २ अर्ब ५० करोड कायम गर्न भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार रहेको छ । उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरुकोतर्फबाट चार जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा जेठ ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement