ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन 

२०७९ बैशाख, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ को इकाई कारोबार हुने दिन परिवर्तन भएको छ । 

यसअघि आइतवारदेखि बिहीवारसम्म कारोबार हुँदै आएको उक्त इकाई जेठ १ गतेदेखि सोमवारदेखि शुक्रवारसम्म कारोबार हुने भएको हो । 

खुलामुखी प्रकृतिको यस योजनाको इकाई कारोबार हुने दिन नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै परिवर्तन भएको हो ।

धितोपत्र दोस्रो बजारमा सूचीकृत नभई कोष व्यवस्थापकको कार्यालयबाट कारोबार गर्न सकिने यो इकाई सोमवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने व्यवस्था छ । 

शनिवार, आइतवार तथा अन्य सार्वजनिक बिदाका दिन कार्यालय काउन्टर बन्द रहने जानकारी समेत कोष व्यवस्थापक एनएमबि क्यापिटलले दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement