ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खर्च बढ्दा यस वर्ष नेपाल लाइफ १९ करोडभन्दा बढी नोक्सानीमा 

२०७९ बैशाख, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १९ कोड ४५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । 

गत वर्ष यस अवधिसम्म रू. ५० करोड ६६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष खर्च बढेसँगै नोक्सानीमा देखिएको हो । कम्पनीको आम्दानी गत वर्षभन्दा २७ दशमलव १८ प्रतिशत कम हुँदा खर्च रकम २०७ दशमलव ६५ प्रतिशत बढी भएको हो । 

गत वर्ष रू. ७४ करोड ६६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५४ करोड ३६ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । त्यस्तै गत वर्ष रू. २३ करोड ९९ लाखभन्दा बढी मात्र खर्च गरेको कम्पनीले यस वर्ष रू. ७३ करोड ८२ लाखभन्दा बढी खर्च गरेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा ४ दशमलव २० प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ३० दशमलव ६७ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष रू. २५ अर्ब ३७ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २६ अर्ब ४३ करोडभन्दा बढी आर्जन गरेको छ । त्यस्तै गत वर्ष रू. ७ अर्ब १४ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ९ अर्ब ३३ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।  

१४ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम यस वर्ष ६० दशमलव ३९ प्रतिशत कम रू. ४४ करोड ४९ लाख कायम भएको छ । 

जीवन बीमा कोष रकम गत वर्षभन्दा करीब २२ प्रतिशत बढी रू. १ खर्ब ३१ अर्ब १६ करोड २७ लाख पुगेको छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव शून्य ३ रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement