ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्थानीय चुनावमा पैसाको ठूलो चलखेल भएको कमल थापाको आरोप, 'स्थानीय निर्वाचन निर्दलीय बनाउँ'

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय निर्वाचनमा पैसाको ठूलो चलखेल भएको बताएका छन् ।

हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च माविको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी गरेका हुन् ।

उनले यस विषयलाई गम्भीर रुपमा लिएर निराकरणको लागि बहस हुनुपर्ने माग समेत राखे ।

अध्यक्ष थापाले भने, ‘यसले प्रजातन्त्रलाई संस्थागत गर्नको निमित्त, संविधानलाई संस्थागत गर्नको निमित्त महत्वपूर्ण योगदान पुग्छ भन्ने विश्वास छ । चुनावमा पैसाको धेरै ठूलो चलखेल भएको देखिएको छ । यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बारेमा पनि राष्ट्रिय बहस हुनुपर्छ । साथै स्थानीय चुनाव निर्दलीय रुपमा निर्वाचन गर्ने हो की भन्ने बारेमा पनि बहस हुनुपर्छ ।’

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement