ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यो वर्ष यूनिभर्सल पावर कम्पनीको नाफा ७९% घट्यो

२०७९ बैशाख, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । यूनिभर्सल पावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा ७९ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १ करोड ८४ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ३७ लाख ९३ हजारमा झरेको हो ।

चालू आवमा कम्पनीको खर्चमा वृद्धि भएसँगै नाफा घट्न पुगेको हो । कम्पनीले चालू आवमा विद्युत् विक्रीबाट रू. ६ करोड ६६ लाख आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ भने जगेडामा रू. १३ करोड ८२ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य २४ (वार्षिकीकरण), तरलता अनुपात ५ दशलमव ३४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ५८ रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement