वैशाख ३०, काठमाडौं । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा कुल रू. १ अर्ब ३७ करोड बीमाशूल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. ३ अर्ब ७९ करोड बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले हालसम्ममा भने कुल रू. १० अर्ब ८६ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी कम्पनीको नाफामा भने सामान्य बढेको छ । कम्पनीले गत आवमा रू. १४ करोड ५७ लाख नाफा कमाएकोमा चालू आवमा रू. १४ करोड ६३ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ७९ करोड रहेको छ भने जगेडामा रू. ८३ करोड ३९ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ५ अर्ब ५३ करोड जम्मा भएको छ । यो बीमाकोष गत आवको तुलनामा ८३ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमाकोषमा रू. ३ अर्ब १ करोड थियो ।